• मंगलबार, साउन २६ २०८३

एकिकरण नेपाल गोरखाद्धारा सामाजिक परिक्षण सम्पन्न


सोमबार, भाद्र ६ २०७९
820
Shares

गोरखा। एकिकरण नेपाल गोरखाकाे सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

ह्याण्डिक्याप ईन्टरनेशनलको आर्थिक सहयोग एवं गोरखा नगरपालिको समन्वयमा एकिकरण नेपाल गोरखाले संचालन गरेको स्वास्थ्य तथा सामाजिक सुरक्षामा अपाङ्गता भएका महिला तथा बालबालिकाहरुको पहुँचमा सहजीकरण परियोजनाको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको हाे ।

संस्थाले गोरखा नगरपालिकाका विगत ५ वर्षमा सम्पन्न भएको मुख्य कृयाकलापहरु मुख्य गरि स्वास्थ्य तथा पुनस्र्थापना, समावेशी शिक्षा तथा समावेशी जिविकोपार्जन जस्ता क्षेत्रमा काम भएको जानकारी दिएको छ ।

समावेशी शिक्षा सम्वन्धि निति निर्माण, क्षमता विकास तथा, अपाङ्गता भएको व्यक्तिहरुलाई शैक्षिक साहयता उपलब्ध गराएको जानकारी दिएको छ ।

त्यसैगरि १९१९ जना व्यक्तिले गोरखा अस्पतालवाट नियमित रुपमा फिजियो थेरापी सेवा सेवा, गोरखाको स्वास्थ्य स्वयसेविका, स्वास्थ्यकमीहरुलाई गर्भधारणको वेला अपाङ्गता हुने कारणहरु, अपाङ्गता पहिचान लगायत विषयमा तालिम प्रदान गरेको, २४ जना व्यक्तिलाई जीविकोपार्जन सहयोग गरेको, कोभिडको समयमा १२३ परिवारलाई खाद्यान्न सहयोग, गोरखा अस्पताललाई कोभिड विरुद्ध लड्को लागि विभिन्न सहयोग, सुचना प्रचार प्रसार सामग्रीहरु प्रदान गरेको जानकारी दिएका थिए ।

कार्यक्रममा गोरखा नगरपालिकाको विभिन्न लाभग्राहीहरुले संस्थाको सहयोगवाट पठन पाठनमा सहयोग मिलेको, आय आर्जन तथा जिविकोपार्जनमा सहयोग भएकोमा खुशी व्यक्त गरेका थिए । स्वास्थ्य शाखको प्रमुख इश्वर रेग्मीले गोरखा नगरपालिकाको अपाङ्गता भएको व्यक्तिहरुलाई सहयोग भएकोमा आभार व्यक्त गरे ।

हिमचुली सहकारी संस्थाको अध्यक्ष राम वावु श्रेष्ठले कार्यक्रमले अपाङ्गता जस्तो गहन विषयमा जानकारी तथा सहकारीलाई अपाङ्गमैत्री वनाउनको लागि सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

गोरखा नगरको प्रमख प्रशासकीय अधिकृत ज्ञान नाथ ढकालले कार्यक्रम अत्यन्तै प्रभावकारी भएको जानकारी भएको वताउदै यसको सकरात्मक पक्षलाई नगरपालिकाले भोलिको दिनमा अनुशरण गर्ने वताए ।

त्यसै गरि गोरखा नगरपालिकाको मेयर कृष्ण वहादुर रानाले कार्यक्रम संचालन गर्ने एकिकरण नेपाल प्रति आभार व्यक्त गर्दै भोलिको दिनमा पनि नगरमा थप कार्यक्रम संचालन गरि नगरपालिकाको समग्र कार्यक्रममा सहयोग गर्नको लागि आयोजकलाई अनुरोध गरेका थिए । सामाजिक परिक्षण कार्यक्रमलाई पत्रकार महासंघ गोरखाको अध्यक्ष नरहरी सापकोटा र पत्रकार मोहसिन अलि मियाले सहजीकरण गरेका थिए ।

गोरखा नगरपालिकाको प्रमुखको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गोरखा अस्पतालको अध्यक्ष लाल प्रसाद श्रेष्ठ, शिक्षा शाखाका प्रमुख चन्द्र वहादुर खड्का, स्वास्थ्य शाखाको प्रमुख इश्वर रेग्मी, सामाजिक विकास शाखाको अधिकृत अम्वीका घिमिरे, जिल्ला प्रशासनको संघसंस्था शाखाको श्याम शुन्दर ढकाल, गोरखा अस्पतालको अध्यक्ष लाल प्रसाद श्रेष्ठ, प्रवक्ता कृष्ण ढकाल, फेकोफनको अध्यक्ष, विभिन्न पत्रकारहरु, विशेष कक्षा संचालन भएका विद्यालयको प्रतिनिधि, महिला स्वास्थ्य स्वयं सेविका, लाभग्राहीको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार