• मंगलबार, साउन २६ २०८३

शिव परियारको ‘फूलै फूल दिन्छौ कि’मा आकाश र करुणा (भिडिओ)


आइतबार, भाद्र ५ २०७९
1.6K
Shares

गायक शिव परियारको स्वर रहेको नयाँ म्युजिक भिडिओ सार्वजनिक भएको छ।

‘फूलै फूल दिन्छौ कि’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक गरिएको हो। आनन्द अधिकारीको शब्द रहेको गीतमा आशिष अविरलको संगीत रहेको छ।
 
यो म्युजिक भिडिओलाई विवेक रसाइलीले निर्देशन गरेका हुन्। वियोगान्त कथा बोकेको गीतको भिडिओमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठलाई देख्न सकिन्छ।

सौरभ लामिछानेले छायांकन गरेको भिडिओलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्। गीतको भिडिओ आशिष अविरलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ।

https://youtu.be/YqouTgCXwcM

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार