
नेपाली बजारमा आज आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँ मै कारोबार भइरहेको छ।
यसअघि शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो। आइतबार तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँ नै कायम भएको छ।
यस्तै, चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


