वीरगञ्ज । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का महासचिव किशोरजङ्ग थापाले पत्रकारिता क्षेत्र थप चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।
सूचना प्रविधिको विकाससँगै नागरिकहरू पनि जागरूक भई अहिले पत्रकार भन्दा अघि नागरिकले सूचना पाउन थालेकोले पत्रकारिता थप चुनौती बन्दै गएको उनले बताए ।
रेस नेपाल तथा क्रियटिभ ह्याण्ड्स मिडिया प्रालिले आयोजना गरेको सात दिने तालिम समापन समारोहमा उनले अहिले सामुदायिक रेडियोहरूलाई राज्यले कुनै पनि सहयोग नगरेको गुनासो गरे ।
तालिम समापन समारोहमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रदीप काफ्ले, रेडियो नेपालका ध्रुव अधिकारी, नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष युवराज खड्का, रेस नेपालका सचिव अरविन्द सिंह, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे लगायतको सहभागिता रहेको थियो ।