• शुक्रबार, भाद्र २६ २०८३

यूएईमा ब्रेन हुम्ब्रेजका कारण गोरखाका एक युवकको मृत्यु


शुक्रबार, भाद्र ३ २०७९
850
Shares

गोरखा। यूएईमा ब्रेन हुम्ब्रेजका कारण गोरखाका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखाको भिमसेनथापा गाँउपालिका–८ बोर्लाङ, कटेलचौरका २८ वर्षीया सीताराम गुरुङको उपचारका क्रममा मृत्यु भएको हाे ।

दुई सातादेखि यूएईको शारहजास्थित कुवेती अस्पतालको ईमेर्जेन्सी वार्डमा राखेर उपचार भइरहेका गुरुङको गत बुधवार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

विगत साढे २ वर्षदेखि रोजगारीको शिलशिलामा यूएईको शारहजास्थित नेष्टो कम्पनीमा काम गर्दै आएका गुरुङ डिउटी जाने क्रममा आकस्मिक ढलेपछि शारहजाको कुवेती अस्पताल लगिएको थियो। चिकित्सकका अनुसार उहाँको टाउकोमा रगत जमेको ९ब्रेन हुम्ब्रेज० कारण उपचार कठिन भएको बताएका थिए।

यता, नेपाली दूतावास आवुधावीले मृतक गुरुङको शव आवश्यक कानुनी प्रकृया पुरा गरी तत्काल नेपाल पठाउन लागेको दूतावसका द्धितिय सचिव भुवन ओझाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार