• मंगलबार, साउन २६ २०८३

एउटै रुखमा झुण्डिएको अवस्थामा मृत भेटिए युवायुवती


शुक्रबार, भाद्र ३ २०७९
1000
Shares

बैतडी । बैतडीमा एक जोडी युवायुवती एउटै रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

बैतडीको सिगास गाउँपालिका– ५ का २१ वर्षीय केशव दमाईं र १८ वर्षीया रमिता विक मृत भेटिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक शाहीका अनुसार उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएका अवस्थामा भेटिएका हुन् ।

मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । मृतक दुवैजना अविवाहित रहेका र प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार