• आइतबार, भाद्र २१ २०८३

गोरखामा एउटै विधालयका १८ जना विधार्थीलाई काेराेना स‌क्रंमण, पठनपाठन बन्द


शुक्रबार, भाद्र ३ २०७९
685
Shares

गोरखा । गोरखाकाे आरुघाट गाउँपालिका ८ काे दरबार माध्यामिक विधालयका १८ जना विधार्थीलाई काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ ।

आरुपाेखरीस्थित साे विधालयमा अध्ययनन गर्ने विधार्थीहरुलाई केहिदिनदेखि रुघाखाेकी, जराेकाे लक्षण देखिएपछि आज शुक्रबार ६६ जनामा गरिएकाे नमुना परिक्षणका क्रममा १८ जनालाई संक्रमण देखिएकाे आरुघाट गाउँपालिका स्वास्थ संयाेजक प्रविन थापाले सिभिलखबरलाई बताए ।

जसमा ९ जना छात्र र ९ जना छात्रामा संक्रमण पुष्टी भएकाे उनले बताए । एकै पटक १८ जनामा संक्रमण देखिएकाे र अन्य विधार्थीहरुमा समेत साेकाे लक्षण रहेकाले ७ दिनका लागि विधालय ब्यवस्थापन समितीले पठनपाठन बन्द गर्ने निर्णय समेत भएकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार