• आइतबार, भाद्र २१ २०८३

देशभर थपिए ६२३ कोरोना संक्रमित


शुक्रबार, भाद्र ३ २०७९
955
Shares

पछिल्लो २४ घन्टामा देशभर थप ६२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६२३ जनामा संक्रमण पुष्टि भएको हो।  

४ हजार ९४५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

१ हजार ६२१ जनाको पिसिआर र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५०२४ जना सक्रिय संक्रमित छन्।

४८७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार