• मंगलबार, साउन २६ २०८३

१ सय १४ जना विद्यार्थी ट्राफिक प्रहरीको कारबाहीमा


शुक्रबार, भाद्र ३ २०७९
1.4K
Shares

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष चेकिङ अभियान अन्तरगत आज १ सय १४ जना चालकहरू कारबाहीमा परेका छन्। 

कलेजका विद्यार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

जसमा सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने ४८ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ४२ जना, लापरवाहीका साथ सवारी साधन चलाउने ११ जना, तीब्र गतिमा सवारी साधन चलाउने ८ जना, हेलमेट नलगाउने ३ जना, दुई पाङ्ग्रे सवारी साधनमा ३ जना सवार २ जना चालकहरू कारबाहीमा परेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार