
पोखरा । नेपाल चार्टर्ड एकाउन्टेन्स् संघ(एक्यान) कास्कीको आयोजनामा राष्ट्रिय एक्यान फुट्सल टुर्नामेन्ट हुने भएको छ ।
यही आउँदो भदौ ३ र ४ गते नेपाल चार्टर्ड एकाउन्टेन्स् संघ कास्कीको आयोजनामा फुट्सल टुर्नामेन्ट हुन लागेको हो । खेलमा देशभरिबाट जम्मा ९ टिमको सहभागिता रहने छ ।



गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री बिन्दु कुमार थापाले खेलके उद्घाटन गर्नेछन् भने समापन तथा विजयी टिमलाई सम्मान तथा पुरस्कार वितरण पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्ने छन् । एक टिमको दर्ता शुल्क ५० हजार रुपैयाँ रहेको छ ।
विजय टिमलाई पुरस्कार राशी १ लाख रुपैयाँ राखिएको छ । खेलाडीलाई खानेबस्ने व्यवस्था आयोजकले नै गरेको छ । खेलमा सहभागी ९ टिमलाई ३ समुहमा विभाजन गरेर खेल खेलाइने छ ।
एक्यान कास्कीका अध्यक्ष विवेक श्रेष्ठका अनुसार देशभरबाट २ सय देखि ३ सय चार्टर्ड एकाउन्टेन्स् को टुर्नामेन्टमा सहभागिता हुने छ । स्पोर्टस क्यासल गैह्रापाटनमा खेल हुने छ ।


