• मंगलबार, साउन २६ २०८३

कति पुग्यो रियाल र रिंगिटको भाउ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


शुक्रबार, भाद्र ३ २०७९
640
Shares

नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। 

शुक्रबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ १८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७८ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ ३३ पैसा र बिक्रीमा १२९ रुपैयाँ ९४ पैसा पाइन्छ। बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १५३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५४ रुपैयाँ १८ पैसा तोकिएको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ४८ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९९ रुपैयाँ १२ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ६२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रुपैयाँ ४३ पैसा र बिक्रीमा २८ रुपैयाँ ५६ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ ३३ पैसा र बिक्रीमा ४१६ रुपैयाँ २९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३३८ रुपैयाँ ९४ पैसा तोकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार