• शनिबार, साउन ९ २०८३

¥यापिड टेष्टमा आरुघाटका दुई जनाको शंकास्पद लक्षण, स्वाब परिक्षणका लागि टेकु पठाइयो


मंगलबार, बैशाख २ २०७७
1.4K
Shares

मोहसिन अलि मियाँ
गोरखा । ¥यापिड टेष्टका क्रममा गोरखाको आरुघाटमा दुई जनामा शंकास्पद लक्षण देखिएको छ ।

मंगलबार २० जनामा ¥यापिड टेष्ट गर्दा दुई जनामा शंकास्पद लक्षण देखिएको गाउँपालिकाको कार्यालयले सिभिलखबरलाई बतायो ।

जसमा एक जनामा पोजेटिभ लक्षण देखिएको छ भने अर्का एक जनाको एण्टिबडी परिक्षण गर्दा ननरियाक्टिभ लक्षण देखिएको स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले जानकारी दिए ।

बहराइनबाट फागुन २३ गते आएका पुरुषको पोजेटिभ लक्षण देखिएको श्रेष्ठले पुष्टि गरे ।

त्यस्तै दुबईबाट चैत ४ गते आएकाको भने परिक्षणका क्रममा ननरियाक्टिभ देखिएको उनको भनाई छ । दुबै जनाको स्वाब मंगलबार नै परिक्षणका लागि टेकु अस्पताल काठमाण्डौ पठाइएको उनले बताए ।

हालसम्म होम क्वारेनटाइनमा बस्दै आएका उनिहरुलाई मंगलबारदेखि भने आरुघाट स्थित भिमोदय बहुमुखी क्याम्पसमा निर्माण गरिएकाे मास क्वारेनटाइनमा राखिएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले सिभिलखबरलाई बताए ।

तर टेकुबाट बिहिबार रिपोर्ट आएपछि मात्रै अन्तिम नतिजा आउने उनले बताए । उनिहरु दुवै आरुघाट ५ आरुअर्बाङका हुन ।

¥यापिड टेष्टका क्रममा पोजेटिभ नतिजा आएपनि स्वाब परिक्षणका क्रममा भने नेगेटिभ पनि आउन सक्ने उनको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार