• मंगलबार, साउन २६ २०८३

आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा


शुक्रबार, भाद्र ३ २०७९
3.6K
Shares

आज भाद्र कृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमी । भगवान श्रीकृष्ण जन्मिएको दिनका रुपमा सनातन धर्मावलम्बीहरू हर्षोल्लासका साथ मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस दिन देशभरिका कृष्णमन्दिरमा कृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका कृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको धर्मग्रन्थमा उल्लेख छ ।

‘श्रीकृष्ण जन्माष्टमी’का अवसरमा सरकारले आज सार्वजनिक बिदा दिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार