• मंगलबार, साउन २६ २०८३

‘प्रेम गीत ३’ चिनियाँ भाषामा चीनमा प्रदर्शन गरिने


बिहिबार, भाद्र २ २०७९
655
Shares

नेपाली फिल्म ‘प्रेमगीत ३’ चिनियाँ भाषामा डब गरेर चीनमा पनि रिलिज हुने भएको छ।

प्रदीप खड्का अभिनित ‘प्रेमगीत ३’को चीनमा रिलिजका लागि मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको छ।

फिल्म चीनमा रिलिजबारे सन्तोष सेनले तयारी भइरहेको जानकारी दिए। उनका अनुसार यूएफओले चिनियाँ हलमा फिल्म प्रदर्शन हुनेछ।

फिल्मको कथावस्तु र हिमाली क्षेत्रको लोकेसन सेटअपले चिनियाँ दर्शकलाई पनि आकर्षित गर्न सक्ने देखिएकाले चिनियाँ पक्षले फिल्म प्रदर्शनका लागि आग्रह गरेपछि बैठक बसेको निर्माता समेत रहेका निर्देशक सेनले बताए। 

चीनमा हिन्दी र अंग्रेजी भाषा प्रयोगमा नआउने भएकाले चिनियाँ मन्डारियन भाषामै डब गर्नु पर्ने बाध्यता । चिनियाँ भाषामा फिल्म डब गर्न केहि समय लाग्ने भएकाले नेपाल, भारत रिलिज भन्दा केहि महिना ढिलो गरी चीनमा फिल्म प्रदर्शन हुने सेनले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार