• मंगलबार, साउन २६ २०८३

भदाै २५ मा लिगलिगकाेटबाट सिरानचाेक हुदै गोरखा दरबारसम्म म्याराथुन हुने


बिहिबार, भाद्र २ २०७९
1.2K
Shares

गोरखा । आगामी भाद्र २५ गते पालुङटारदेखि सिरानाचोक हुदै गोरखा दरबारसम्म म्याराथुन दौड प्रतियोगिता हुने भएको छ ।

द्रब्य शाहले राज्यभिषेक गरेको दिन भदौ २५ गतेको अवसर पारेर लिगलिगकोटबाट सुरु भई सिरानचोककोट हुदै गोरखादरबारसम्म म्याराथुन दौड प्रतियोगीता हुने भएको हो ।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिकासहित नेपाली सेनाको रिपुमर्दन गणको संयुक्त आयोजनामा दौड प्रतियोगिता हुने बिहिबार पत्रकार सम्मेलन मार्फत मुल आयोजक समारोह समिति गोरखाले जनाएको छ ।

पालुङटारकाे लिगलिगकोटबाट सुरु हुने दाैड आँपिपपल, सिरानचोककाे हर्मी, छोप्राक, चाेरकाटे हुदै गोरखा नगरपालिकाकाे पस्लाबाट गोरखा दरबार आएर सम्पन्न हुने गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगरले बताए ।

४० किलोमिटरको दुरी रहेकाे साे प्रतिायेगिता यसअघि २०७६ सालमा पहिलाे पटक भएकाे थियाे । त्यसपस्चात काेराेना भाइरसकाे जाेखिमका कारण हुन नसकेकाे साे प्रतियाेगिताकाे याे पटक दाेस्राे संस्करण हुन लागेकाे मेयर राना मगरकाे भनाई छ ।

‘नेपालको उत्पतिदेखि जगसम्म’ को अबधारणा रहेकाे प्रतियाेगिताले गोरखा जिल्लामा रहेको ऐतिहासिक एबम धार्मिक स्थलहरुको प्रचार प्रसारमा सहयाेग गर्ने सिरानचाेक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताए ।

पहिलाे संकरणमा १ सय ५८ जनाकाे सहभागिता रहेकाे दौडमा याे पटक भने करिब ३०० जना सहभागी हुने अनुमान गरिएकाे छ । प्रतियोगीतामा सहभागी हुन चाहानेले यहि भदौको २० गतेभित्र अनलाइनमार्फत नाम दर्ता गर्न सक्नेछन् ।

१५ लाख रुपैया खर्च हुने अनुमान गरिएकाे दौडमा बिजेता हुने प्रथमदेखि दशौसम्मका लागी पुरस्कारकाे ब्यवस्था रहेकाे पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले बताए । जसमा क्रमश १ लाख ५० हजार, १ लाख, ७५ हजार, ५० हजार, ३५ हजार, ३० हजार, २५ हजार, २० हजार,१५ हजार र १० हजार नगदसहित प्रमाणपत्र पाउनेछन ।

गोरखाको ऐतिहासिक क्षेत्रको इतिहास, मौलिक संस्कृति जर्गेना गर्दै लैजाने र संस्कारको विकास र विस्तार गर्ने उद्देश्यले म्याराथुन प्रतियाेगिता राखेको बताइएकाे छ ।

समग्रमा खेलको माध्यमबाट पर्यटन तथा इतिहासकाे जगेर्नामा समेत टेवा पुग्ने नेपाली सेनाकाे रिपुमर्दन गणका सेनानी प्रकाश परियारले बताए । कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख माेहन थापा, गोरखा नगरपालिकाका उपमेयर सपना पुन लगायतकाे सहभागिता रहेकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार