• मंगलबार, साउन २६ २०८३

असोज ४ देखि तेस्रो गोरखकाली मेला हुने, यस्ता छन आकर्षण


बिहिबार, भाद्र २ २०७९
1.3K
Shares

गोरखा । आगामी असोज ४ गतेदेखि गोरखामा तेस्रो गोरखकाली मेला हुने भएको छ । हरमटारी क्लबको आयोजनामा ११ दिने मेला हुन लागेको क्लबले बिहिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

‘गारखाको संस्कार संस्कृतीको संरक्षण र प्रवद्र्धन, आर्थिक, पर्यटन र ऐतिहासिक गोरखाको अभियान’ भन्ने नारासहित क्लबले असोज ४ देखि १४ गतेुसम्म मेलाको आयोजना गर्न लागेको संयोजक आशिष श्रेष्ठले बताए ।

हरमटारी स्थित खेलकुद मैदानमा हुने मेलामा करिब एक सय स्टलसहित बालउद्धानका सामाग्री राखिने बताइएको छ । पर्यटन, आर्थिक, कृषि तथा ऐतिहासिक क्षेत्रको विकास गर्ने उदेश्यले मेला आयोजना गरिएको श्रेष्ठले बताए ।

करिब ३५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका बिभिन्न विद्याका कलाकारहरुको सहभागिता रहने क्लबका महासचिव किरण ढकालले जानकारी दिए ।

४७ लाख ४५ हजार खर्च अनुमान गरिएको मेलामा स्थानीय उत्पादनको प्रदर्शनी, परिकार र ब्यापारको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । क्लबका संस्थापक अध्यक्ष सिलन श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा क्लबले तेस्रो मेला पृथक र भिन्न तरिकाले सञ्चालन गरिने जनाएको छ ।

मेलामा जिल्लाका बिभिन्न जातजातीका कला, संस्कृती, रहनसहन, भेषभुषा, घरेलु उत्पादन, खाना महोत्सव, कन्सर्ट, बिभिन्न प्रतियोगिताहरु मुख्य आकर्षण रहने क्लबले जनाएको छ ।

मेला आयोजनाका लागि क्लबले राष्ट्रिय खेलकुद परिषद, गोरखा नगरपालिका, जिल्ला खेलकुद विकास समिति लगायतसंग अनुमती लिइसकेको र सम्झौता समेत भइसकेको महासचिव ढकालले बताए ।

मेलाबाट आम्दानी भएकाे रकमले जिल्लाकाे खेलकुद विकाससंगै सामाजजिक क्षेत्रमा लगानी गर्ने क्लबकाे योजना छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार