• आइतबार, भाद्र २१ २०८३

थप ५४२ जनामा कोरोना संक्रमण, ४२१ संक्रमणमुक्त


बिहिबार, भाद्र २ २०७९
670
Shares

पछिल्लो २४ घन्टामा देशभर थप ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ५४२ जनामा संक्रमण पुष्टि भएको हो।  

४ हजार ९३० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

२ हजार ८२ जनाको पिसिआर र २ हजार ८४८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५२६५ जना सक्रिय संक्रमित छन्।

४२१ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार