गोरखा । युएनडिपीले गोरखाका ८ स्थानीय तहलाई ८० वटा (थर्मल गन) सहयोग गरेको छ । आवास पुन निर्माणमा काम गर्दै आएकाे नेपाल आवास पुन निर्माण परियाेजना जिल्ला कार्यालय गोरखाले आफ्नो कार्यक्षेत्र रहेको ८ वटा स्थानीय तहकाे हरेक स्वास्थ्य संस्थालाई पुग्ने गरी थर्मल गन सहयाेग गरिएको युएनडिपीका गोरखा प्रमुख राम सापकोटाले बताए ।
गोरखा नगरपालिकालाई १६ थान, पालुङटार नगरपालिका १४, शहिद लखन १०, आरुघाट १०, गण्डकी ८, धार्चे ८, सिरानचोक ८ र अजिरकोट गाउँपालिकालाई ६ वटा थर्मलगन उपलब्ध गराइएको सापकोटाले जानकारी दिए ।
भिडियाे हेर्नुस