• शुक्रबार, भाद्र २६ २०८३

प्राथना चलिरहँदा मस्जिदमा भएको विस्फोटमा प्रमुख धर्मगुरुसहित २० जनाको मृत्यु


बिहिबार, भाद्र २ २०७९
815
Shares

काबुल । अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बुधबार साँझको प्रार्थनाको क्रममा बम विस्फोट हुँदा एकजना प्रमुख धर्मगुरूसहित कम्तीमा २० जनाको मृत्यु भएको छ ।

विष्फोटमा अन्य ४० जना घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन्। विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन।

विस्फोटमा ३५ जनाको हताहति भएको हुन सक्ने बताइएको छ। एक वर्षअघि तालिबानले अफगानिस्तानको सत्तापलट गरे पछि पनि हत्या हिंसाका घटनामा कमी आएको छैन। केही साताअघि पनि मस्जिदमा विस्फोट हुँदा सर्वसाधारणको मृत्यु भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार