
नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन ३ सयले घटेको छ।
बिहीबार छापावाल सुन ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला ९६ हजार २ रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, तेजावी सुन प्रतितोलामा ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, चाँदीको मूल्य पनि बिहीबार १५ रुपैयाँले घटेको छ।
आज चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


