
गोरखा । गोरखामा थप ५ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको विभिन्न स्थानमा १७ जनामा एन्टिजेन परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण देखिएका सबै पुरुष भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
कार्यालयले उपलब्ध गराएको रकर्ड अनुसार पालुङटार नगरपालिकामा १ जना महिला र २ जना पुरुषमा परिक्षण गर्दा १ जना पुरुष, आरुघाट गाउँपालिकामा १ जना महिला र ११ जना पुरुषमा गरिएको परिक्षणमा ३ जना पुरुष र भीमसेन थापा गाउँपालिकामा ७ जना महिला र ४ जना पुरुषमा परिक्षण गर्दा १ जना पुरुषमा संक्रमण देखिएको हो ।



सबैभन्दा धेरै भिमसेन थापा गाउँपालिकाका ४२ जना संक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
हाल अजिरकोट गाउपालीकामा १४ जनामा, आरुघाट गाउपालीकामा १० जनामा, सिरानचोक गाउपालीका र पालुटार नगरपालिकामा ७/७ जनामा कोरोनाको सक्रिय संक्रमित रहेको छ ।
गोरखा नगरपालिकामा र बारपाक सुलिकोट गाउपालीकामा दुई/दुई जनामा शहिदलखन गाउपालीकामा र धार्जे गाउपालिकामा एक/एक जनामा कोरोनाको सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । हालसम्म ६३ जना संक्रमित निको भएको छ भने गोरखामा हाल कोरोनाको संक्रिय संक्रमतिको संख्या ८६ पुगेको छ ।


