• मंगलबार, साउन २६ २०८३

गोरखा क्याम्पसको ४५ औँ बार्षिकोत्सव सम्पन्न


बिहिबार, भाद्र २ २०७९
2.1K
Shares

गोरखा । गोरखा क्याम्पसका ४५ औं बार्षिकोत्सव सम्पन्न भएको छ । बुधबार एक समारोह गरी बार्षिकोत्सव मनाइएको हो ।

कार्यक्रमको गोरखा नगरपालिकाका प्रमुख कृण्णबहादुर रानामगरले पानसमा बत्ति बालेर उदघाट्न गरेका थिए । कार्यक्रमको गोरखा नगरपालिकाका प्रमुख कृण्णबहादुर रानामगरले पानसमा बत्ति बालेर उदघाट्न गरेका थिए ।

०३३ साल भाद्र १ गते स्थापना भएको क्याम्पस बुधबारदेखी ४४ बर्ष पुरा भएर ४५ बर्षमा प्रवेश गरेको हो ।

त्रिभुवन विश्व बिद्यालयको जिल्लाको एक मात्र आङगिक क्याम्पसको रुपमा रहेको गोरखा क्याम्पसले सुरुमा शिक्षा संकाय मात्र सञ्चालन गरेको भएता पनि हाल ब्यवस्थापन बिषयको विविएस र बिज्ञान बिषय तर्फ बिएससी बिषयहरु थप गरेर अध्यापन गराउदै आएको छ ।

क्याम्पसले केही समयभित्रै गुणस्तर प्रत्यायन सुनिश्चितता(क्यूएए) प्रमाण पत्र पाउने पनि प्रशासनले जनाएको छ ।

पर्याप्त भौतिक पूर्वाधार नहुँदा ब्यवस्थापन बिषयको विविए कक्षा सञ्चालनमा समस्या भएको भन्दै क्याम्पसले त्रिभुवन विश्वविद्यालय र भारतको एक्जिम बैंक बीच भएको सम्झौता बमोजिमको क्याम्पस हाताभित्रै १५ करोडको लागतमा भवन निर्माणको थालनी गरेको छ ।

बार्षिकोत्सवको अवसरमा आयोजित छात्र छात्रा खुल्लादौड, सटफुट, विद्यार्थी र शिक्षक कर्मचारी बीच मैत्रीपूर्ण भलिवल प्रतियोगिता, महिला शिक्षक तथा कर्मचारी बीच म्युजिकल चियर, शिक्षक तथा कर्मचारी बीचच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता र अन्तर कलेज बकतृत्व कला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई कार्यक्रमका प्रमुख अतिथि मेयर रानामगरले नगद र प्रमाण पत्र पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला भित्रका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, समाजसेवी तथा बिद्यार्र्थी र शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार