• मंगलबार, साउन १२ २०८३

स्थापना भएकाे ३ बर्षपछि सुरु भयो गोरखामा ब्लड बैंक


बिहिबार, भाद्र २ २०७९
960
Shares

गोरखा । गोरखामा लामो समयदेखि चर्चामा रहेको ब्लड बैंक बुधबारदेखि सञ्चालनमा आएको छ । नेपाल रेडक्रश सोसाइटी गोरखा शाखाकोले गोरखामा ब्लब बैंक सञ्चालनमा ल्याएको हो ।

अष्ट्रेलियाको ड्याप नामक संस्था र बेल्जियम तथा नेदरल्याण्डको सहयोगमा ३ बर्षअघि ब्लड बैंक स्थापना भएपनि सञ्चालनमा आउन सकेको थिएन ।

आवस्यक स्रोत साधन र जनशक्तिको अभावमा लामो समयदेखि चर्चामै सिमित बनेको ब्लड बैंक बुधबारदेखि भने पूर्ण रुपमा सञ्चालनमा आएको रेडक्रश गोरखाका सभापति यदुविलाश भट्टराईले जानकारी दिए । ब्लड बैंकको जिल्ला समन्वय समितीका प्रमुख मोहन बहादुर थापाले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना, उपमेयर सपना पुन, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, शहिद लखन गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, गोरखा नगरपालिका ६ का वडाध्यक्ष दिलिप जोशी, रेडक्रश गोरखाका निवर्तमान सभापति भगवानबाबु मास्के लगायतले बोलेको रेडक्रश गोरखाका महामन्त्री भिमसेन काजी बाँनियाले बताए ।

कार्यक्रममा ६ जनाले रक्तदान समेत गरेको कार्यालय प्रमुख सुवास घिमिरेले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार