• मंगलबार, साउन २६ २०८३

अब गाेरखामा पृथ्वीनारायण शाहसंग सेल्फी खिच्दै ईतिहास सुन्न पाईने (भिडियाेसहित)


बुधबार, भाद्र १ २०७९
1K
Shares

गोरखा । अब गाेरखामा पृथ्वीनारायण शाहसंग सेल्फी खिच्दै ईतिहास सुन्न पाईने भएकाे छ । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिकाे पहलमा गोरखा संग्रहालयमा रहने गरी गोरखा नगरपालिका ६ का ओमबहादुर श्रेष्ठलाई पृथ्वी नारायण शाहकाे प्रतिबिम्वका रुपमा सार्वजानिक गरिएकाे हाे ।

आज मंगलबार एक कार्यक्रमकावीच गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरले श्रेष्ठलाई नेपालकाे राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै प्रतिविम्बकाे शुभारम्भ गरेका हुन् ।

संग्रहालय पुगेका आगन्तुकले शाहको दुरुस्त भेषमा सजिएका श्रेष्ठसँग साक्षत्कार गर्दै शुल्क तिरेर तस्बिर पनि लिन सक्ने समितीका सल्लाहकार राजुबाबु श्रेष्ठले जानकारी दिए  ।

समितिले विद्यार्थी र स्थानीयलाई २० रुपैयाँ, पर्यटकलाई ५० रुपैयाँ साथै सामूहिक तस्बिर लिएको १०० रुपैयाँ शुल्क तोकेको छ ।

संग्रहालयलाई पर्यटकको आकर्षक गन्तव्य बनाउन शाहको प्रतिबिम्बले सघाउने समितीकाे अपेक्षा छ । त्यससंगै उनै पृथ्वीनारायण शाहका प्रतिबिम्व श्रेष्ठले संग्रहालयमा आउने पर्यटकलाई एकिकरण लगायतका इतिहाससंगै दिव्याेपदेश समेत सुनाउने बताइएकाे छ ।

यसले समग्र जिल्लाकाे पर्यटन क्षेत्रकाे विकाससंगै इतिहासकाे समेत जगेर्ना हुने समितीका अध्यक्ष सुरेशमान श्रेष्ठले बताए ।

भिडियाे

https://fb.watch/eYOiSPci17/

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार