• आइतबार, भाद्र २१ २०८३

नेपालमा थपिए ८५२ कोरोना संक्रमित, ३२८ निको


बुधबार, भाद्र १ २०७९
715
Shares

पछिल्लो २४ घण्टामा नेपालमा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ६ हजार ३८३ जनाको कोरोना परीक्षण गर्दा उक्त संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार ३ हजार ८७६ जनाको पिसिआर र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हाल देशभर देशभर पाँच हजार ४६२ जना सक्रिय संक्रमित छन्। 

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ। यस्तै ३२८ जना निको भएका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार