• मंगलबार, साउन २६ २०८३

फोहोर बोकेर गएको गाडीमाथि आज पनि बन्चरेडाँडामा अवरोध


बुधबार, भाद्र १ २०७९
725
Shares

काठमाडौंबाट फोहोर बोकेर गएको गाडीमाथि आज पनि अवरोध र्सिजना भएको छ ।

फोहोर बोकेर सिसडोल पुगेको गाडीलाई स्थानीयवासीको अवरोधका बाबजुत पनि प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजेपछि झडपको र्सिजना भएको छ ।

स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले स्थानीय दिपेश कार्कीलाई नियन्त्रणमा लिएको बताइएको छ । धुनवेशी नगरपालिक-१ का वडाध्यक्ष मानबहादुर तामाङले बताए नुसार प्रहरीले बल प्रयोग गरेर जबरजस्ती फोहोर बन्चरेडाँडामा खसाल्न थालेपछि स्थानीयले विरोध गरेका हुन् ।

सो क्रमम सुरु भएको झडपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । बन्चरेडाँडामा २५० भन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार