• शनिबार, साउन ९ २०८३

देशभरका ५२ जिल्लामा कोरोना भाइरसको नमूना परीक्षण


सोमबार, बैशाख १ २०७७
825
Shares

सरकारले ५२ जिल्लामा कोभिड–१९ को परीक्षण शुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक टेष्ट गरी दुवै विधिबाट ५२ जिल्लामा परीक्षण गरिएको जानकारी दिए । अहिले पीसीआरबाट देशभरिमा ११ वटा ठाउँमा परीक्षण भइरहेको छ । उनले बाँकी २५ जिल्लामा चाँडै नै परीक्षण गरिने बताए ।

उनका अनुसार अहिले ती दुवै विधिबाट १० हजार ९८२ जनाको परीक्षण गरिएको छ । यसमध्ये पीसीआरबाट पाँच हजार ६९१ र र्‍यापिड डाइग्नोष्टिक टेष्टबाट ५ हजार २९१ जनाको परीक्षण गरिएको छ । पीसीआरबाट गरिएको परीक्षणमा काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ हजार ४३१ र उपत्यकाबाहिर १ हजार २५९ गरिएको छ । सोमबार मात्रै काठमाडौंमा ४११ तथा र बाहिर १०८ जनाको परीक्षण गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार