• मंगलबार, साउन २६ २०८३

यी स्थानमा बदली र वर्षा हुने


बुधबार, भाद्र १ २०७९
590
Shares

देशभरको मौसम बदली रही आज बुधबार केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।

अहिले बिहान प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बुधबार दिउँसो प्रदेश १ मा सामान्य बदली रहि देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र देशका अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केहि तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका अन्य क्षेत्रमा आंशिक बदली रहनेछ।देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार