

गोरखा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) गोरखाले आयाेजना गरेकाे जिल्ला स्तरीय नृत्य प्रतियाेगितामा मनकामना बाेर्डिङ स्कुल पहिलाे भएकाे छ ।
अन्तर निजी विधालयवीच भएकाे जिल्ला स्तरीय नृत्य प्रतियाेगितामा सतिपिपपलकाे साे स्कुल पहिलाे बनेकाे हाे । प्रतियाेगितामा रानीवनकाे ओल्ड क्यापिटल माध्यामिक बिधालय दाेस्राे र पालुङटारकाे यूनाइटेड बाेर्डिङ्ग स्कुल तेस्राे भएकाे छ ।



९ विधालयकाे सहभागिता रहेकाे प्रतियाेगितामा पहिलाे हुने मनकामनालाई नगद १० हजारसहित ट्रफि, प्रमाणपत्र, दाेस्राे र तेस्राे हुनेलाई नगद ७ हजार र ५ हजारसहित प्रमाणपत्र प्राप्त गरेकाे प्याब्सन गोरखाका बाबुराम तिवारी जानकारी दिए ।
प्याब्सन गोरखाका अध्यक्ष कमल थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना, शिक्षा शाखाका प्रमुख चन्द्र बहादुर खड्का, प्याब्सन गण्डकी प्रदेशका उपाध्यक्ष सीताराम तिवारी लगायतकाे सहभागीता रहेकाे थियाे ।


