• मंगलबार, साउन २६ २०८३

गोरखामा मलामी गएका एक पुरुष नदीमा डुबेर बेपत्ता


मंगलबार, साउन ३१ २०७९
895
Shares

गोरखा । गोरखामा मलामी गएका एक पुरुष नदीमा डुबेर बेपत्ता भएका छन् ।

मंगलबार विहान आफन्तको शवको अन्येष्टिको क्रममा रामशाह घाटमा जाँदा गोरखा नगरपालिका वडा नं १३ सिम्लेफाँट घर भएका ५५ वर्षका भुवनबहादुर अधिकारी नदीमा डुबेर बेपत्ता भएका हुुन् ।

रामशाह घाटस्थित दरौँदी र मस्र्याङ्दीको दोभानमा अन्त्यष्टीका क्रममा नुहाउन लाग्दा अधिकारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

सो घटनालगतै स्थानीय र प्रहरी खोजी कार्यमा जुटेका छन् । तर हालसम्म उनलाई फेला पर्न नसकिएकाे डिएसपी लामिछानेले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार