• शुक्रबार, भाद्र २६ २०८३

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ ? 


मंगलबार, साउन ३१ २०७९
725
Shares

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो। 

चिनियाँ अर्थतन्त्र क्रमिक रूपमा घट्दै गइरहेकोले यसको असर ऊर्जाको मागमा पर्ने अपेक्षाले पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आइरहेको छ। 

अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल (१५९ लिटर) कच्चा तेलको मूल्य (ब्रेन्ट क्रुड आयल) ९५ डलरमा कारोबार भइरहेको छ। 

गत वर्ष फागुन २४ मा कच्चा तेलको मूल्य हालसम्मकै उच्च, प्रतिब्यारेल १२३ डलरभन्दा धेरै थियो। त्यो बेलाको भाउभन्दा अहिले करिब २८ डलर कम भइसकेको छ।

यसैअनुसार आइओसीले मंगलबार नेपाललाई नयाँ मूल्य पठाएको छ। नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ ९० पैसा र डिजेलमा ४ रूपैयाँ ७५ पैसा घटाएर पठाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार