• मंगलबार, साउन २६ २०८३

गोरखा शहिद लखनका मुक्तिनाथ ढकाल २२ दिनदेखि वेपत्ता


मंगलबार, साउन ३१ २०७९
840
Shares

गोरखा । शहिद लखन गाउँपालिका ३ बनौतीका ६० वर्षीय मुक्तिनाथ ढकाल २२ दिनदेखि वेपत्ता भएका छन्।

ढकाल साउन ९ गतेदेखि तनहुँको आँबुखैरेनी बजारबाट हराएको परिवारले जानकारी दिएको छ । 

पातलो शरीर, सेतो सर्ट, हाफ पाईन्ट, ढाका टोपी र चप्पल लगाएका ढकाल हराएकाले खोजीमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ भने ढकालको खोजीको लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा समेत परिवारले निवेदन दिएको छ। 

यस्तै हुलिया अनुसारको व्यक्तिलाई कसैले देखेमा ढकालका छोरा कपिल ढकालको फोन न ९८०४१०१८९९ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन परिवारले अपिल गरेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार