• मंगलबार, साउन २६ २०८३

वालमैत्री विद्यालय बनाउन तालिम


मंगलबार, साउन ३१ २०७९
775
Shares

गोरखा। गोरखामा वालमैत्री विद्यालय बनाउने तालिम सम्पन्न भएको छ ।

जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकिकरण नेपाल गोरखाको आयोजनामा वारपाक सुलीकोट गाउपालिकाको विद्यालयहरुको लागि वालमैत्री विद्यालय बनाउने तालिम सम्पन्न भएको हो ।

गोरखामा संचालन भएको उक्त तालिममा शैलापुत्री माध्यमिक विद्यालय, थलीवारी आधारभुत विद्यालय, वगेश्वरी आधारभुत विद्यालय र मण्डली आधारभुत विद्यालयको गरि कुल १८ जना सहभागी भएको एकिकरण नेपाल गोरखाले जानकारी दिएको छ ।

एकिकरण नेपाल गोरखको सल्लाहकार स्थानेश्वर दुवाडीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी, नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्ष नरहरी सापकोटा, विकास विज्ञ भोला भट्टराई, लगायतले मन्तव्य राखेका थिए ।

तालिमलाई श्रोत व्यक्ति देवीराम आचार्यले सहजीकरण गरेको एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए ।

तालिममा नेपालको शैक्षिक अवस्था, राम्रो विद्यालयमा हुनुपर्ने कुराहरु, वालमैत्री विद्यालयको अवधारणा, सुचकरु, वाल अधिकार, वाल संरक्षण लगायत विषयमा छलफल गरि कार्ययोजना वनाई विद्यालयमा लागु गर्ने एकिकरण नेपाल गोरखाले जनाएको छ ।

एकिकरण नेपाल गोरखाले उक्त विद्यालयहरुमा शिक्षण सिकाई र वालवालिकाका पढाईलाई लक्षित गरि विभिन्न शैक्षिक गतिविधिहरु सचालन गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार