• आइतबार, कार्तिक ९ २०८३

जम्मु-कश्मिरमा बस खस्दा कम्तीमा ६ प्रहरीको मृत्यु


मंगलबार, साउन ३१ २०७९
750
Shares

भारतको जम्मु-कश्मिरमा इन्डो-तिब्बतियन बोर्डर पुलिस र जम्मु कश्मिर प्रहरीका जवान सवार बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

जम्मु कश्मिरमा पर्ने चन्दनवारीमा मंगलबार अपरान्ह बस नदीमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बसको ब्रेक फेल भएकाले दुर्घटना भएको जनाइएको छ।

बसमा ३९ जना सवार थिए। घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत् श्रीनगरमा रहेको सेनाको अस्पताल पुर्‍याइएको छ।

ती प्रहरीहरूलाई अमरनाथ क्षेत्रमा सुरक्षाका लागि तैनाथ गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार