• शनिबार, साउन ३० २०८३

रौतहट र कैलालीमा २ जनामा पनि देखियो कोरोना, संक्रमितकाे स‌ंख्या १४ पुग्याे


सोमबार, बैशाख १ २०७७
890
Shares

रौतहटमा एक जना १९ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ती युवाको  नतिजा पोजेटिभ आएको  स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

क्वारेन्टाइनमा रहेका ती युवकलाई अहिले अस्पताल ल्याउन लागिएको छ। ती युवाबारे विस्तृत विवरण आउन बाँकी छ। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ।

आजै बिहान कैलालीको लम्कीचुहा नगरपालिकामा क्वारेन्टाइनमा बसेकी ६५ वर्षीया महिलामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। ती महिला चैत १७ गते वीरगन्जबाट कैलाली गएकी थिइन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार