• शुक्रबार, भाद्र २६ २०८३

पाँच पटकको च्याम्पियन भारतले नेपालमा हुने साफ महिला च्याम्पियनसिपमा भाग लिन नपाउने


मंगलबार, साउन ३१ २०७९
655
Shares

This image has an empty alt attribute; its file name is shrestha-glass-house-2.gif

आगामी महिना नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारत सहभागी हुन नपाउने भएको छ। 

अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई निलम्बन गरेसँगै भारतीय टिमले महिला साफ च्याम्पियनसिपमा भाग लिन नपाउने भएको छ।

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

भदौ २१ देखि असोज ३ सम्म दशरथ रंगशालामा हुने प्रतियोगितामा अब ६ टिमले मात्र भाग लिनेछन्। 

नेपालमा लगातार दोस्रो पटक महिला साफ हुन लागेको हो। यसअघि सन् २०१९ मा विराटनगरमा महिला साफ भएको थियो।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ। नेपाल रहेको समूह ‘बी’ मा भुटान र श्रीलंका छन्।

समूह ‘ए’ मा पाकिस्तान, माल्दिभ्स र बंगलादेश छन्। यो समूहमा भारत पनि रहेको थियो।

अहिलेसम्म सम्पन्न भएका पाँच संस्करणकै उपाधि भारतले जितेको थियो।

नेपाल भने चार पटक फाइनल पुगेर पराजित भएको छ। चारै पटक नेपाल भारतसँग पराजित भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार