• शनिबार, साउन ३० २०८३

काठमाण्डाैमा तीन जनाको र्‍यापिड टेष्टमा पोजिटिभ, टेकुमा थप परीक्षण हुँदै


सोमबार, बैशाख १ २०७७
905
Shares

ललितपुरको पाटन अस्पतालमा भर्ना भएका तीन जना बिरामीको र्‍यापिड टेष्टमा कोरोना पोजिटिभ देखिएको छ।

कोरोना आशंकामा सोमबार पाटन अस्पताल भर्ना भएका तीनजनामा र्‍यापिड टेष्टका क्रममा कोरोना पोजेटिभ देखिएको पाटन अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माले जानकारी दिए।

निर्देशक शर्माले भने, ‘तीनै जनाको आजै दिउँसो आएको केस हो। र्‍यापिड टेष्टमा पोजिटिभ देखिएपछि रिटेष्टका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ।’

पेप्सीकोलास्थित एक अपार्टमेन्टमा बस्दै आएका उनीहरु चैत ५ गते बेलायतबाट फर्किएका ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए। सो अपार्टमेन्टमा अहिले प्रहरी खटिएको काँडाघारी प्रभागले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार