• मंगलबार, साउन १२ २०८३

विद्यार्थीमा कोरोना संक्रमण बढेपछि गोरखामा ५ विद्यालयको पठन पाठन बन्द


मंगलबार, साउन ३१ २०७९
735
Shares

गाेरखा । विद्यार्थीमा कोरोना संक्रमण बढेपछि गोरखामा ५ विद्यालयको पठन पाठन बन्द गरिएको छ ।

भीमसेन थापाको पाच विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थीमा कोरोना भाइरस संक्रमण देखिएपछि केही दिनको लागि पठनपाठन बन्द गरिएको हाे ।

भीमसेन थापा गाउँपालिका १ को मसेलमा रहेको दुल्लभ, बिन्द्रावती, कनकामना र चण्डेवरी तथा वडा न ६ को अश्राङमा रहेको नव जागृती चण्डी मावि गरी ५ विद्यालय बन्द गरिएको हो ।

सोमबार विद्यालयमा अध्ययनरत ३८ विद्यार्थीमा कोराना पोजेटिभ देखिएपछि केही दिनको लागि पठनपाठन बन्द गरिएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिए ।

संक्रमण देखिएका मध्ये दुल्लभवमा ६४ जना मध्ये १४ जना, बिन्द्रावतीमा ५० जना मध्ये ७ जना, कनकामनामा ४० जना मध्ये २ जना र चण्डेवरीमा ३३ जना मध्ये ५ जना तथा नव जागृती चण्डीमा ५६ जना मध्ये १० जनामा संक्रमण देखिएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए ।

परिक्षण गरिएको ५ वटा स्कुलमा ११० जना महिला र १३३ जना पुरुषको एन्टिजेन परिक्षण गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार