• मंगलबार, साउन १२ २०८३

गोरखामा कोरोना संक्रमण बढेको बढ्यै, थपिए ५४ नयाँ संक्रमित


मंगलबार, साउन ३१ २०७९
845
Shares

गोरखा। गोरखामा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ। सोमबार एकै दिन ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिल्ला भित्रका २ सय ९१ जनाको एन्टिजेन परिक्षण गर्दा ५४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

सङ्क्रमित मध्य सबै भन्दा धेरै भिमसेन थापा गाउँपालिकाका १३ जना महिला र २५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, पालुङटार नगरपालिकाका दुई महिला, एक पुरुष, गोरखा अस्पतालमा दुई जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

हाल भिमसेन थापा गाउँपालिकामा ४१ जनामा, अजिरकोट गाउपालीकामा १३ जनामा, सिरानचोकमा ८ जनामा, पालुटार नगरपालिका र आरुघाट गाउपालीकामा ७/७ जनामा कोरोनाको सक्रिय संक्रमित रहेको छ ।

गोरखा नगरपालिकामा ५ जनामा, शहिदलखन गाउपालीकामा र धार्जे गाउपालिकामा एकएक जनामा कोरोनाको सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । हालसम्म ५८ जना संक्रमित निको भएको छ भने गोरखामा हाल कोरोनाको संक्रिय संक्रमतिको संख्या ८३ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार