आजदेखि नयाँ बर्ष विक्रम संवत् २०७७ शुरू भएको छ ।
नयाँ बर्ष २०७७ को आज पहिलो दिन वैशाख १ गते, नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।
तर यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनले नेपालीहरु घरमै बसेर नयाँ वर्ष मनाउँदै छन् ।
विगत वर्षमा जस्तो घुमफिर एवं मेला महोत्सवमा सहभागी हुने अवस्था नहुँदा उल्लास पनि कम छ ।
नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिने चलन भए पनि यस वर्ष कोरोनाका सन्त्रासका कारण चैत ११ गतेदेखि निरन्तर मुलुकभर लकडाउन भएकाले मानिसहरु घरघरमै बसेका छन् ।