• आइतबार, भाद्र २१ २०८३

देशभर थपिए ८८८ कोरोना संक्रमित, एकको मृत्यु


सोमबार, साउन ३० २०७९
915
Shares

पछिल्लो २४ घण्टामा देशभर थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

सोमबार ५ हजार ७३७ जनाको कोरोना परीक्षण गर्दा ८८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ३ हजार १५५ जनाको पिसिआर र २ हजार ५८२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हाल देशभर देशभर पाँच हजार ३८७ जना सक्रिय संक्रमित छन्। 

संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यस्तै ४७४ जना डिस्चार्ज भएका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार