• शुक्रबार, भाद्र २६ २०८३

गाेरखाकाे छेपेटारमा असोज ३ गतेदेखि दशैं मेला हुने


सोमबार, साउन ३० २०७९
890
Shares

गोरखा । गोरखाको छेपेटारमा आगामी असोज ३ गतेदेखि दशैं रमाइलाे मेला २०७९ हुने भएको छ ।

तामाङ समाज गोरखाको आयोजनामा आगामी असोज ३ गतेदेखि १६ गतेसम्म गोरखा नगरपालिका १० छेपेटारमा मेला हुने भएको हो । सोमबार पत्रकार सम्मेलन गर्दै तामाङ समाज गोरखाले दशैं मेला गर्न लागेको जनाकारी दिएकाे हाे ।

मेलामा तामाङ जातिको भेषभुषा, कृषि उत्पादनको प्रर्दशनी, घरेलु कृषिजन्य हातेऔजार प्रर्दशनी हुने र तामाङ जातिले बुनेको डोको थुम्से, नाङ्लो लगायतका बस्तुहरु बेचबिखन गर्ने तामाङ समाज गोरखाको अध्यक्ष्य बुद्ध डोङ तामाङले जनाकारी दिए ।

मेलाले कृषि उत्पादन बिक्रीका साथै तामाङ समुदायको भेषभुषाको प्रचार प्रसार हुने अध्यक्ष तामङले बताए । करिब ४५ लाख रुपैयाको कारोबार गर्ने लक्ष्य राखिएको मेला १४ दिनसम्म चल्ने बताइएको छ।

मेला अवधीभर एक सय भन्दा बढी ब्यापारिक स्टलहरु रहने अध्यक्ष्य तामाङले बताए । १५ हजार जनाले अबलोकन गर्ने अनुमान गरिएको मेला स्थलमा बालबालिकाका मनोरञ्जनका सामाग्रीहरु राखिने अध्यक्ष तामङको भनाई छ । बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको समेत प्रस्तुतीकरण हुने उनकाे भनाई छ ।

तामाङ समाजले यसअघि मेला आयोजना गर्दै आएको थियो र अब पनि एस मेलालाई निरन्तरता दिने उनले बताए । मेलाबाट १० देखी १२ लाख आम्दानी हुने अध्यक्ष तामाङ बताउछन । मेलाबाट नाफा भएको रकम असाहाय, अपाङ्गता भएका ब्यक्ती, क्यान्सर, प्यारलाईसीस भएका ब्यकतीहरुलाई सहयोग गर्ने उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार