• शुक्रबार, भाद्र २६ २०८३

अदिती र धिरजको फिल्म ‘बाबरी’ दसैंमा प्रदर्शन हुने


सोमबार, साउन ३० २०७९
805
Shares

सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्म ‘बाबरी’को प्रदर्शन मिति सारिएको छ। 

भदौ ३१ गते प्रदर्शन गर्ने भनिएको फिल्म अब असोज १४ गते प्रदर्शन हुने भएको छ। प्राविधिक काम नसकिएको र असोज १४ को मिति खाली रहेकाले ‘बाबरी’ प्रदर्शन गर्न लागिएकाे निर्देशक पौडेलले बताए।

यसअघि असोज १४ लाई ‘परदेशी २’ले प्रदर्शन मिति तोकेको थियो। नारायण रायमाझीले निर्देशन गरेको फिल्म ‘परदेशी २’ फागुन ५ गते प्रदर्शन हुने भएपछि उक्त मितिमा ‘बाबरी’ आउन लागेको हो।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा धिरज मगर, अदिती बुढाथाेकी, धिरज नाडकर, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दिलिप गुरुङलगायत कलाकारको अभिनय छ।

निर्देशक पौडेलको कथा र सम्पादन रहेको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन्।

बाबरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेका छन् भने सुष्मा गुरुङले सहनिर्माताको भूमिका निर्वाह गरेकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार