• शुक्रबार, भाद्र २६ २०८३

सुनचाँदीको मूल्य घट्यो, कति छ तोलाको ?


सोमबार, साउन ३० २०७९
935
Shares

नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य सोमबार ४ सयले घटेको छ।

आज छापावाल सुन प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महाशाखाले जनाएको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला ९७ हजार ८ रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुन प्रतितोलामा ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि सोमबार १५ रुपैयाँले घटेको छ ।

आज चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार