• शुक्रबार, भाद्र २६ २०८३

ट्याक्टरले च्यापेर पालुङटारकी एक महिलाको मृत्यु


सोमबार, साउन ३० २०७९
635
Shares

गोरखा । पालुङटार नगरपालिकामा–४ को बाह्रप्रिकेमा ट्याक्टरले च्यापेर एक को महिलाको मृत्यु भएको छ ।

आइतबार साँझ सोही ठाउकी ४५ बीर्षया अञ्जु सुनारको मृत्यु भएको डिएसपी लिलाराज लामिछानेले बताए ।

अञ्जु आइतबार दिउँसो देखि ग. १ त ४७०० नम्बरको ट्याक्टरमा यात्रा गरिरहेकी उनी एक्कासी ट्याक्टरबाट खसेर पाङ्ग्राले च्यापिएपछि गम्भीर घाइते भएकी थिइन ।

उपचारका लागि चितवन लगिएको थियोे, तर अस्पतालमा पुर्‍याउने बित्तिकै उनको मृत्यु भएको डिएसपी लामिछानेले बताए ।

अहिले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार