• शुक्रबार, भाद्र २६ २०८३

जन्मदिनमा पाेखरेलले दिइन् विद्यार्थीलाई स्टेशनरी


सोमबार, साउन ३० २०७९
935
Shares

गोरखा । आफ्नाे जन्मदिनका अवसरमा सविना पाेखरेलले विधार्थीलाई स्टेशनरी वितरण गरेकी छिन् ।

गोरखा नगरपालिका ९ ठिँगुरेस्वाँरा स्थित श्री गोरखकाली प्राथमिक विद्यालयका बिधार्थीलाई उनले आवस्यक स्टेशनरी सामाग्री सहयाेग गरेकी हुन् ।

साेही विधालयकी शिक्षिका समेत रहेकी पाेखरेलले आइतबार आफ्नाे जन्मदिनकाे अवसर पारेर विधार्थीलाई कलम, कापी लगायतका सामाग्री सहयाेग गरेकी हुन् ।

यसअघि समेत साेही विधालयमा अध्ययनरत विधार्थीलाई झाेला, ट्राकसुट लगायतका सामाग्री सहयाेग गरेकी उनले हरेक बर्षकाे जन्मदिनमा सामाजिक कार्यमा समेत आफ्नाे आम्दानी खर्च गर्दै आइरहेकी छिन् ।

गोरखा नगरपालिका ८ प्रतिक्षालय घर भएकी उनि एम्नेष्टी इन्टरनेशनल समुह ४२ गोरखाकी अध्यक्ष समेत हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार