• शुक्रबार, भाद्र २६ २०८३

साउन ३१ गते चितवनमा फिल्म ‘कृष्णलीला’को फ्री कन्सर्ट


आइतबार, साउन २९ २०७९
815
Shares

कृष्णाष्टमीको अवसर पारेर भदौ ३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘कृष्णलीला’ टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ। 

प्रदर्शनको मिति नजिकिएसँगै प्रचारप्रसारमा व्यापकता दिइरहेको फिल्मले साउन ३१ गते फ्री कन्सर्ट गर्न लागेको हो। 

कलाकार सहितको टिमले मंगलबार साँझ ५ बजे सिजी ल्याण्डमार्कमा फ्री कन्सर्ट गर्न लागेको निर्देशक दीपक ओलीले बताए।

ओएसीस एजुकेशन (अस्ट्रेलियन भिसा स्पेशलिष्ट) को प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोसन टुरको कन्सर्टमा अभिनेता पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झालगायत फिल्म टिम नै उपस्थित हुनेछन्। यसै फिल्मको सुपरहिट गीत ‘ए मेरो हजुर’का गायक रवि ओड र गायिका सुनिता कार्की पनि सहभागिता हुनेछ।

‘चितवनका दर्शकहरुको मागलाई ध्यानमा राखी पहिलो कन्सर्ट त्यहाँ गर्न लागिएको र समय मिलेसम्म देशका अन्य सहरमा समेत कन्सर्ट गर्नेछौं,’ निर्देशक ओलीले भने।

आरआर फिल्म्स प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा पुष्प, श्रद्धा, बुद्धि, रविन्द्रसँगै हिउँवाला गौतम, नवीन रेग्मीलगायत कलाकारको अभिनय छ।

रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ छन्। यो फिल्मको कथा लक्ष्मण सुवेदीले तयार पारेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार