• शुक्रबार, भाद्र २६ २०८३

अफगानिस्तानमा बाढीका कारण २१ जनाको मृत्यु


आइतबार, साउन २९ २०७९
1.1K
Shares

अफगानिस्तानमा बाढीका कारण करिब २१ जनाको मृत्यु भएको छ।

अफगानिस्तानको लोगार, बार्दाक र खोस्त प्रान्तमा भारी वर्षा र बाढीका कारण सयौं मानिस घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारी वर्षासँगै अचानक बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका ३ प्रान्तका ठूलो संख्यामा गाउँ र बस्ती प्रभावित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्राकृतिक प्रकोपले सयौं आवासीय घरहरू पनि नष्ट गरेको छ। साथै छिमेकी ३ प्रान्तहरूमा हजारौं हेक्टर खेत र दशौं हजार बगैंचाहरू प्रभावित भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार