• शुक्रबार, भाद्र १९ २०८३

नेपालमा देखियो नयाँ तीन जनामा कोरोना संक्रमण, संख्या १२ पुग्यो


आइतबार, चैत्र ३० २०७६
980
Shares

नेपालमा थप तीन जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ।

बागमती प्रदेशकाे राजधानी हेटौंडाकाे प्रयाेगशालामा परीक्षण गरिएका नमुनामध्ये तीनवटामा कोरोना भाइरस देखिएकाे प्रदेशका एक मन्त्रीले पुष्टि गरेका छन्।

उनका अनुसार वीरगन्जबाट ल्याइएका तीन बिरामीकाे नमुना (स्वाब) हेटौंडा-१० स्थित कीटजन्य रोग अनुसन्धान तालिम केन्द्रकाे प्रयाेगशालामा जाँच गर्दा पोजिटिभ पाइएकाे थियाे। 

स्वास्थ्य मन्त्रालयले घटना सार्वजनिक गरेपछि यसबारे विस्तृत विवरण आउने अपेक्षा गरिएकाे छ।

यद्यपि पर्सा जिल्ला प्रशासन स्राेतले बताएअनुसार ती तीनै जना भारतीय नागरिक हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार