• शुक्रबार, भाद्र २६ २०८३

पालुङटारमा एक युवककाे हत्या, ३ जना आराेपित पक्राउ


आइतबार, साउन २९ २०७९
730
Shares

गोरखा । पालुङटार मा एक युवककाे हत्या भएकाे छ । पालुङटार नगरपालिका वडा नम्बर ५ चिसापानीका स्थानीय बुद्धि विककाे कुटपिटबाट मृत्यु भएकाे हाे ।

ठाटीपोखरीमा भएको रोपाई जात्रा हेरेर फर्किने क्रममा भएको झगडा हुदा कुटपिटबाट उनकाे मृत्यु स्थानीयले बताएका छन् । राती १० बजेतिर भएको घटनामा परी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए ।

राती घाइतेलाई आँपपिपल अस्पतालमा पु¥याएपछि अस्पतालले उनको मृत्यु भइसकेको घोषणा गरेको थियो ।

हत्या आशंकामा साेही स्थानका ३ जना युवाहरुलाई प्रहरीले पक्राउ गरेकाे एसपी खनालकाे भनाई छ ।

पक्राउ परेका ३ जनासहित शवलाई अहिले सदरमुकाम ल्याइदै गरेकाे उनले बताए । एसपी खनालका अनुसार शबकाे पाेष्टमार्टम बाँकी रहेकाे र अन्य अनुसन्धान समेत चलिरहेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार